एक लाख नगदसहित ६ जुवाडे पक्राउ

 पुस ३०, २०७५ सोमबार १९:४:१२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको तुलसीपुर–५, नयाँ बसपार्कमा रहेको न्यू रुकुमेली प्रकाश गेष्ट हाउसबाट प्रहरीले ६ जुवाडेलाई पक्राउ गरेको  छ ।

सोमबार अवैध रुपमा जुवा कौडा खेलिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक भिमबहादुर कार्कीसहितको टोलीले ६ जनालाई कौडा खेलिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।

जुवाको खालबाट नगद ९३ हजार ७ सय ८५ रुपैयाँ र १८ थान कैडा समेत बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनु भएको  छ ।

जुवा खेलाउने होटल सञ्चालक समेतलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । 


 

अन्तिम अपडेट: फागुन २८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया