आईसीसी टेस्ट वरियतामा भारत शीर्ष, दक्षिण अफ्रिकालाई ठूलो सफलता

 माघ १, २०७५ मंगलबार ७:१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टेस्ट वरियतामा भारत शीर्ष स्थानमा यथावत रहेको छ । उसले ११६ अंक बनाउँदै शीर्ष स्थानमा यथावत रहेको हो । यस्तै पाकिस्तानविरुद्धको सिरिज क्लीनस्वीप गरेको दक्षिण अफ्रिका दोस्रो स्थानमा आएको छ । अफ्रिकाको ११० अंक रहेको छ ।

पाकिस्तानविरुद्धको सिरिज क्लीनस्वीप गरेपछि ४ अंक जोडेको अफ्रिकाले इंग्ल्याण्ड र न्यूजिल्याण्डलाई पछि पारेको हो । इंग्ल्याण्डको १०८ र न्यूजिल्याण्डको १०७ अंक रहेको छ । गएको साता अष्ट्रेलियाविरुद्धको सिरिज २–१ ले जितेपछि भारतको अंक ११६ पुगेको हो ।

अफ्रिकासँग सिरिज पराजित भएपछि पाकिस्तान भने एक स्थान तल झर्दै सातौं नम्बरमा पुगेको छ । पाकिस्तानले टेस्ट सिरिज सुरुगर्दा ९२ अंक रहेको थियो । पराजय भएपछि ८८ अंकमा झरेको हो ।

वरियतामा भारत शीर्ष स्थानमा रहँदा  दक्षिण अफ्रिका दोस्रो, इंग्ल्याण्ड तेस्रो र न्यूजिल्याण्ड चौथो स्थानमा छ । पाँचौ स्थानमा अष्ट्रेलिया हुँदा छैटौं स्थानमा श्रीलंका रहेको छ । सातौं स्थानमा पाकिस्तान रहँदा वेस्टइन्डिज आठौं, बंगलादेश नवौ र जिम्बावे दशौं स्थानमा छ । 

२३ जनवरीदेखि सुरुहुने इंग्ल्याण्ड र वेस्टइन्डिजबीचको सिरिजमा इंग्ल्याण्डले सफलता हात पारे दक्षिण अफ्रिकालाई अर्को वरियता सार्वजनिक गर्दा पछि पार्ने छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया