म्यानचेस्टर सिटीले शीर्ष स्थानको लिभरपुलसँग अंक दूरी छोट्यायाे

 माघ १, २०७५ मंगलबार ९:३१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शीर्ष स्थानको लिभरपुलसँगको अंक दूरी ४ मा छोट्याएको छ । 

साेमबार राति भएको खेलमा सिटीले वुल्भरह्याम्पटन वान्डरर्सलाई ३–० ले पराजित गरे पछि अंक दूरी घटाउन सफल भएको हो । 

लिभरपुलको ५७ अंक रहँदा सिटीको तालिकामा ५३ अंक पुगेको छ । सिटी विजयी हुँदा ग्याब्रियल जेससले २ गोल गरेका थिए ।

एक गोल भने सिटीले उपहार पाएको थियो । वुल्भरह्याम्पटनका कोनोर कोडीले आत्मघाती गोल गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया