बीपीएलमा सन्दीपको टाेली सिलेट सिक्सर्सले कोमिल्लासँग प्रतिस्पर्धा गर्दै

 माघ १, २०७५ मंगलबार ९:३८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सहभागी सिलेट सिक्सर्सले मंगलबार बीपीएल क्रिकेटमा कोमिल्ला भिक्टोरियन्ससँग प्रतिस्पर्धा गर्दै छ ।

यो खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ । टिमले चौथो खेल खेल्न लाग्दा तालिकाको छैटौं स्थानमा रहेको छ । 

पछिल्ला खेलमा विकेटविहीन बनेका सन्दीपले मंगलबारको खेलमा कस्तो प्रदर्शन गर्लान सबैको चासोको विषय बनेको छ । सिलेटले अहिलेम्म १ खेलमा जित हात पार्दा २ खेलमा पराजित भएको छ । कोमिल्ला भने ४ मध्ये २ खेलमा जित हात पार्दै चौथो स्थानमा रहेको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया