एक लाख घुससहित सहायक रजिष्ट्रार पन्थी पक्राउ

 माघ १, २०७५ मंगलबार १२:१५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कम्पनी रजिष्ट्रार कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थीलाई घुस रकमसहित अख्तियारले पक्राउ गरेको छ । 

सेवाग्राहीसँग एक लाख घुस लिइरहेको अवस्थामा पैसासहित सहायक रजिष्ट्रार पन्थीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले बताउनुभयो । 

एक विद्यालयको राजश्व बुझाउन पुगेका सेवाग्राहीसँग पन्थीले काठमाण्डौ १४ स्थित एनएमबी बैंङ्को पार्किङबाट सेवाग्राहीसँग घुस रकम लिएर छोरी पोषण पन्थीलाई राख्न दिएको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको उहाँले बताउनुभयो । 

घुस रकमसहित पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया