नाटा मिडिया अवार्डबाट सेजनका पूर्व अध्यक्ष प्रदीप चापागाईँ सम्मानित

 माघ १, २०७५ मंगलबार १६:१७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल एसोसियशन अफ् टुर्स एण्ड ट्राभल एजेन्ट ‘नाटा मिडिया अवार्ड २०१९’बाट नेपाल टेलिभिजनका सञ्चारकर्मी एवं नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्व अध्यक्ष प्रदीप चापागाईँ सम्मानित हुनु भएको छ ।

२५ हजार राशीसहितको त्यो पुरस्कार उहाँलाई सञ्चार माध्यममा रहेर पर्यटन क्षेत्रको प्रवद्र्धनका  लागि योगदान पुर्‍याएबापत प्रदान गरिएको हो ।

सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उहाँलाई सम्मान प्रदान गर्नुभयो ।

कार्यक्रमका अवसरमा नाटा मिडिया अवार्डबाट २०१९ बाट राष्ट्रिय समाचार समितिका समाचारदाता अच्युत रेग्मी, रिपब्लिका दैनिकका समाचारदाता अर्पणा आले, टुरिजम अनलाइनका सम्पादक प्रशान्त प्रधान र दैनिक नेपाल अनलाइनका सम्पादक माधव तिवारीलाई पनि सम्मान गरियो ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया