प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
माघ एक गते अर्थात माघे संक्रान्ति । सूर्य आजकै दिन धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछ । त्यही भएर यसलाई मकर संक्रान्ति पनि भनिन्छ ।
थारु, मगर र हिन्दू समुदायले आजको दिनलाई विशेष पर्वको रुपमा मनाउने गर्छन् । थारु समुदायले यस दिनलाई नयाँ आर्थिक वर्ष मान्दै माघी पर्वको रुपमा हर्षाेल्लासको साथ मनाउने गर्छ ।
तरुलको पर्वका रुपमा मानिने यो पर्व काठमाण्डौका विभिन्न ठाउँमा धुमधामका साथ मनाइयो । नेपाल मगर समाजले काठमाण्डौको टुँडिखेलमा आफ्नो सांस्कृतिक
कार्यक्रम आयोजना गर्दै मनायो ।
कार्यक्रमा खानेपानी तथा सरसफाई मन्त्रि बिना मगरको पनि उपस्थिति थियो ।
टुँडिखेलमा आज आफनो मौलिक भेषभुषामा सजिएका मगर समुदायका मानिसहरुको बाक्लो उपस्थितिले थियो ।
यस्तै थारु समुदायले चुच्चेपाटीमा रहेको ह्यात होटेलको चौरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।
आफनो सँस्कृति जोगाउन थारु महोत्सवको आयोजना गरिएको थारु समाजका अध्यक्ष विद्यानन्द चौधरीले बताउनुभयो ।
तस्बिर - विकाश गोले