यसरी मनाइयाे धादिङमा घले ल्होसार (फाेटोफिचर)

 माघ १, २०७५ मंगलबार १९:३:४४ | उज्यालो सहकर्मी

माघ - निवेदन हालेर पहिचान र अधिकार स्थापित नभएकोले आफ्नो अधिकारका लागि आवाज उठाइरहन नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घले समूदायलाई आग्रह गर्नुभएको छ । 

लिःल फङ (घले समाज)को आयोजनामा धादिङबेसीमा आयोजित ल्होसारको अवसरमा वर्गा फेर्ने (नयाँ वर्षको) अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले घले समूदायलाई आदिवासी जनजातिमा सूचिकृत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पहिचान जोगाउन घले समूदायको ल्होसारको अवसरमा आज (मंगलबार) धादिङबेसीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेकपा अध्यक्ष दहालले घले जातिलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । 

यस अघि घले समूदायलाई आदिवसी जनजाति हुनबाट छुटाइएकोले सरकारमा भएको दलको अध्यक्षको नाताले आफूले यस विषयमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

उहाँले विविधतामा एकता पहिचान र आत्म सम्मानमा अपमानित गरेर नभइ पहिचानसहितको आत्मसम्मान भएपछि मात्र समृद्धिको महान अभियान सफल हुने विश्वास  व्यक्त गर्नुभयो । 

राष्ट्र निर्माणका लागि कुनैपनि जातिले अपमानित हुनुनपर्ने भएकोले विगतमा भएका गल्तिहरु सच्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

कार्यक्रममा संघीय संसदका सदस्य खेमप्रसाद लोहनी, भूमि त्रिपाठी, प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल लगायतले शुभकामना दिँदै विविधतामा एकता नै नेपाली समाजको पहिचान भएकोले समृद्ध नेपाल निर्माणमा योगदान गर्न आग्रह गर्नुभयो । 

लिःल फङ (घले समाज)का अध्यक्ष दिनेश घलेको अध्यक्षतामा सम्पन्न समारोहमा पूर्व प्रधानमन्त्री दहाललाई ज्ञापन पत्र बुझाउँदै घलेहरुमाथि भएको अन्याय अन्त्य गर्न माग गरिएको थियो । 

कार्यक्रममा इलाम, झापादेखि पश्चिम बाँके, बर्दिया र कैलालीसम्मका जिल्लाबाट सहभागीहरु आएका थिए भने भुटान, बेलायत, जापान, कतार, यूएई, मलेसियालगायतका देशहरुबाट कार्यक्रममा प्रतिनिहिरु सहभागी भएको लिःल फङ (घले समाज) धादिङका अध्यक्ष धनबहादुर घलेले बताउनुभयो । 

यस वर्ष लिःल (घले) जातिको ऐतिहासिक पर्व ल्होसर २०७५ खि ल्हो (कुकुर वर्ग) को बिदाई र फाह् ल्हो (मृग वर्ग) को आगमनको अवसरमा बृहत सांस्कृतिक झाँकी सहितको उत्सव आयोजना गरिएको थियो । 

 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया