पत्रकार धम्काउने बी एण्ड सी अस्पतालका सञ्चालक प्रसाईँलाई कारबाही गर्न माग

 माघ २, २०७५ बुधबार ६:५२:५५ | सुजता सुनुवार
unn.prixa.net

फाइल फाेटाे

इलाम – इलाममा अनसनरत डा.गोविन्द केसीका मागप्रति असन्तुष्ट रहेका बी एण्ड सी अस्पताल बिर्तामोडका सञ्चालक दुर्गा प्रसाईँले कान्तिपुर संवाददाता तथा नेपाल प्रेस युनियन इलामका अध्यक्ष विप्लब भट्टराईलगायतका पत्रकारलाई धम्काएकोप्रति नेपाल पत्रकार महासंघ र युनियनले आपत्ति जनाएको छ ।

बी एण्ड सी अस्पतालका तर्फबाट डा.केसीलाई भेट्न आएका चैतन्य मैनालीका बारेमा पत्रकारले टेलिफोनमार्फत सञ्चालक प्रसाईंसँग बुझ्न खोज्दा अपशब्द बोल्दै अपमान गरेको बताइएको छ । त्यसै विषयलाई लिएर नेपाल पत्रकार महासंघ र प्रेस युनियन इलाम शाखाले प्रेस विज्ञप्ति निकाल्दै आपत्ति प्रकट गरेको हो ।

महासंघका अध्यक्ष कोकिला ढकाल र युनियन सचिव टीका खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रसाईँको अभिव्यक्ति प्रेसमाथि धावा बोलेको उल्लेख गरिएको छ । यस्तो हर्कत प्रदर्शन गर्न नपाइने भन्दै प्रसाईँलाई कारबाहीको  गर्न प्रशासनसँग माग गरिएको छ ।


 

अन्तिम अपडेट: चैत १८, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

1 Comments

  • Bijay paudel

    Jan. 16, 2019, 11:20 a.m.

    यस्तै अनावश्यक हल्लाले गर्दा पत्रकार जस्तो गरिमामय पद अपमान हुन् पुगेको छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया