कर्मचारी समायाेजन फारम भर्ने आज अन्तिम दिन

 माघ २, २०७५ बुधबार ११:५८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन कर्मचारीलाई अनलाइन फारम भर्न दिएको समय आज सकिँदैछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ दिनको समयसीमा तोकेर समायोजन हुन अनलाइन फारम भर्न दिएको समय आज सकिन लागेको हो ।

समायोजनमा जान आज राति १२ बजेसम्म अनलाइन फारम भर्न सकिनेछ । केही बेरअघिसम्म ६६ हजार भन्दा धेरै कर्मचारीले फारम भरिसकेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार ७६ हजार भन्दा धेरै कर्मचारी फारम भर्ने क्रममा छन् । आज बेलुकीसम्ममा उनीहरुले पनि फारम भरिसक्ने उहाँको अनुमान छ ।

उपसचिव निरौलाका अनुसार झण्डै ८९ हजार कमचारीमध्ये ६६ हजारभन्दा धेरैको नाम दर्ता भैसकेको र बाँकी १० हजार जनाको नाम प्रक्रियामा रहेको हो ।

मन्त्रालयले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम गरेको छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया