प्रदेश एकको तेश्रो संसद अधिवेशन माघ २० गतेबाट सुरु हुने

 माघ २, २०७५ बुधबार १४:४:२७ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – प्रदेश एकको तेश्रो अधिवेशन माघ २० गते देखि सुरु हुने भएको छ

प्रदेश १ मन्त्रिपरिषदको बैठकले सदन अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।  बुधबार बसेको बैठकले विभिन्न ८ वटा निर्णय गरेको  प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार,  बैठकले प्रदेश १ को पर्यटन प्रवर्द्धन गर्न बनेको विधेयकको स्वीकृतिसमेत प्रदान गरेको छ । प्रदेशको आम्दानीको श्रोतको रुपमा दिइएको कोशी रिफ्रेशमेन्ट परियोजनालाई व्यवस्थित गर्न बजेट स्वीकृत गरेको कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै सामाजिक विकास मन्त्रालयले पेस गरेको प्रदेशका योजना तथा कार्यक्रम कार्यान्वयन कायविधि समेत बैठकले स्वीकृत गरेको छ ।  त्यस्तै भौतिक पूर्वाधार, आन्तरिक तथा कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका केही निर्देशिका तथा कार्यविधिसमेत स्वीकृत गरेको  प्रवक्ता कार्कीले बताउनुभयो ।

प्रदेश सरकारले यही अधिवेशनबाट पदेशको स्थायी राजधानी र नामको विषय टुङ्गोमा पुर्‍याउने जनाएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया