शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ – २१ औँ भूकम्प सुरक्षा दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।
ललितपुरमा दिवस विशेष कार्यक्रम गरिएको हो । पाटन दरबार क्षेत्रमा भूकम्प स्मृति सभा गरिएको छ ।
सभाअघि ललितपुरका चार ठाउँबाट र्याली निकालियो । ललितपुर महानगरपालिकाका पुल्चोक, गछें, गुइटोल र लगनखेल बसपार्कबाट प्लेकार्डसहित र्याली निकालिएको हो ।
र्यालीमा नेपाल प्रहरी, सशस्त्र बल, नेपाली सेना, स्थानीय बासिन्दा, विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागितामा थियो । यस वर्ष ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ भन्ने नारासहित २१ औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ ।
विक्रम सम्वत १९९० सालमा गएको भूकम्पको स्मृतिमा भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ ।
उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।