मालढुंगा बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ७ पुग्यो

 माघ ३, २०७५ बिहिबार ११:५३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्वत – मालढुंगा नजिक यात्रुबाहक बस पल्टिँदा सात जनाको ज्यान गएको छ । चालकसहित ३४ जना घाइते भएका छन् । तीनजनाको घटनास्थलमा र अरु ४ जनाको धौलागिरी अञ्चल अस्पतालमा ज्यान गएको हो । 

दुर्घटनामा ज्यान गुमाएका सातै जनाको परिचय खुल्न बाँकी छ । दुर्घटनामा गम्भीर घाइते दुई जनालाई सेनाको हेलिकोप्टरले उपचारका लागि काठमाण्डाै ल्याएको छ । अरु घाइतेको पोखरामा उपचार भइरहेको छ । दुर्घटना पछि बसका सहचालक फरार छन् । 

म्याग्दीको बेनीबाट नारायणघाटका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मध्य पहाडी लोकमार्गमा अहिले सडक स्तरोन्नती भइरहेकाले बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म गाडी गुडाउन रोक लगाइएको छ ।

चालकले १० बजे भित्र नै सडक पार गर्न तीव्र गतिमा गाडी चलाउँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया