सिमोना हलेप अष्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश

 माघ ३, २०७५ बिहिबार १६:३७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्व नम्बर एक महिला टेनिस खेलाडी सिमोना हलेप वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेकी छिन् ।

मेलबर्नमा बिहीबार भएको खेलमा हलेपले केनिनलाई दुई-एकको सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाएकी हुन् । जसमा हलेपले पहिलो सेट ६–३ ले जित्दा दोस्रो सेट ६–७ ले गुमाउन पुगिन् ।

तर तेस्रो सेटमा कमब्याक गर्दै हलेपले ६–४ ले खेल आफ्नो पक्षमा पारिन् र तेस्रो चरणमा स्थान बनाइन् ।

अब तेस्रो चरणमा हलेपले भेनस विलियम्ससँग खेल्नेछिन् ।                                                                                                                                                           

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया