सिजी टेलिकमका विषयमा यसअघिको अन्तरिम आदेश सर्वाेच्चद्धारा खारेज

 माघ ३, २०७५ बिहिबार १७:९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सर्वोच्च अदालतले सिजी टेलिकमको विषयमा यसअघि भएको अन्तरिम आदेश त्रुटिपूर्ण भएको फैसला गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश ईश्वर खतिवडाको पूर्ण इजलाशले यसअघि पुस १० गते सिजी टेलिकमलाई सेवा सञ्चालनको अनुमति दिन दूरसञ्चार प्राधिकरणका नाममा दिएको अन्तरिम आदेश खारेज गरेको हो ।

बिहीबारको इजलासले पुस १० गतेको आदेश त्रुटिपूर्ण भएको ठहर गर्दै अन्तरिम आदेश खारेज गरेको हो । सिजिलाई अनुमतिपत्र दिन सर्वोच्चले दिएको अन्तरिम आदेशमा त्रुटि भएको भन्दै दूरसञ्चार प्राधिकरणका निमित्त प्रमुख पुरुषोत्तम खनालले पुस २४ गते सर्वोच्चमा भ्याकेट निवेदन दिनुभएको थियो ।

न्यायाधीश दीपकराज जोशीको एकल इजलासले गएको पुस १० गते विनोद चौधरीको स्वामित्वमा रहेको सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालनका लागि आवश्यक अनुमति दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई अन्तरिम आदेश दिएको थियो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया