बझाङमा सवारी भाडादर घट्यो

 माघ ३, २०७५ बिहिबार १८:१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – बझाङ जिल्लामा सवारी साधनको भाडादर घटेको छ ।

बुधबार जिल्ला प्रशासन कार्यलयमा बसेको सरोकारवालाहरुको बैठेकले लामो तथा छोटो दूरीमा चल्ने सबै सवारीका साधनहरुको भाडादर घटाएको हो । २०६८ सालदेखि लागू भएको भाडादरलाई हटाएर नयाँ भाडादर कार्यान्वयन गरिएको हो ।

२०६८ सालमा सरोकारवालाहरुको बैठेकले नै प्रति किलोमिटर कच्ची सडकको भाडादर १० रुपैयाँ र पक्की सडकको ५ रुपैयाँ भए पनि अहिले पक्की सडकको ३ रुपैयाँ प्रतिकिलोमिटर र कच्चीको ८ रुपैयाँ तोकिएको प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले बताउनुभयो ।

बढीजस्तो छोटो दूरीमा चल्ने सवारीधनीहरुले मनोमानी भाडादर लिने गरेको व्यापक जनगुनासो आएपछि सरोकारवालासँग समन्वय गरी सर्वसम्मतबाट नै भाडादर कार्यान्वय हुने गरी नयाँ भाडारद तोकिएको उहाँको भनाई छ ।

अब सवारी धनी तथा चालकहरुले सेवाग्राहीहरुलाई नठग्ने गरी प्रत्येक ठाउँको भाडादर देखिने गरी सवारी साधनमा टाँस्नुपर्ने र टिकट काउन्टरमा प्रत्येक ठाउँको दर लिष्टसहित होडिङबोर्ड राख्न लगाउने निर्णय समेत भएको प्रमुख जिल्ला असिधकारी कुँवरले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यलयले निर्णय कार्यान्वयनका लागि प्रत्यक स्थानीय तहहरुलाई पत्राचार गरिसकेको छ । सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी चालक तथा सवारी धनीलाई मसेत कडा कारबाही गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया