अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
काभ्रे – काभ्रेको पाँचखालमा रहेको एउटा इँटा भट्टाको डक (इँटा पोल्ने चिम्नी बसेको भाग) भत्किँदा दुई बालबालिकाको ज्यान गएको छ ।
ज्यान जानेमा १० महिनाका निर्माण परियार र ३ वर्षकी जेनिसा परियार रहेको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिनुभयो ।
ज्यान गुमाउने दुवै पाँचखाल नगरपालिका–७, मा रहेको हनुमान इँट्टा भट्टामा काम गर्ने मजदुरका बालबालिका रहेको जनाइएको छ ।
त्यसै घटनामा ३ वर्षका बाबुराम घर्ती र ३५ वर्षकी सितादेवी पासवान गम्भीर घाइते भएका छन् भने उनीहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको एसपी खड्काले जानकारी दिनुभयो ।
काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।