अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
दाङ – प्रहरीले सुनको सिक्री लुट्ने दुईजनालाई पक्राउ गरेको छ ।
गएको माघ १ गते घोराही उप–महानगरपालिका वडा नम्बर–१३, बाह्रकुने दहस्थित ५१ वर्षीया पञ्चमाया बुढाले घाँटीमा लगाएको ३.५ तोलाको सुनको सिक्री लुट्ने बीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ बस्ने २१ वर्षीय मुकेश यादव र १६ वर्षीय प्रदीप यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ परेका दुवैलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २० को दफा २४६ बमोजिमको बगलीमारी गर्ने कसुरमा आवश्यक कारबाही अगाडि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेयले बताउनुभयो ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।