कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु
बैशाख ८, २०८१ शनिबार
काठमाण्डौ – नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा जोन कालिन आउने भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले स्वीडेनका कालिनलाई प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले मार्च महिनादेखि राष्ट्रिय फुटबल टिमलाई प्रशिक्षण दिने भनिए पनि पारिश्रमिकबारे भने केही सार्वजनिक गरिएको छैन ।
नयाँ प्रशिक्षक छान्नका लागि अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक समितिले छलफल गरेको थियो ।
यसअघि जापानी प्रशिक्षक ग्योतुको कोजी भिसाका कारण फिर्ता भएपछि नेपाली राष्ट्रिय टिमको जिम्मेवारी बालगोपाल महर्जनलाई दिइएको थियाे । कृष्णबहादुर थापा, उपेन्द्रमान सिंह, दिनेश व्यञ्जनकार, कुमार राजभण्डारी र सञ्जीब मिश्र सम्मिलित समितिले कालिनसँग छलफल गरेका थिए।