आजकाे प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिने

 माघ ४, २०७५ शुक्रबार ८:३८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । दिउँसो १२ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीलाई शुक्रबार सांसदले ठाडै प्रश्न गर्न सक्ने संसद् सचिवालयले जनाएको छ । 

बिहीबार बसेको कार्य ब्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग सांसदले प्रश्न गर्न पाउने ब्यवस्था गरेको हो । शुक्रबारको बैठकमा प्रधानमन्त्री  ओलीले आफ्नो विदेश भ्रमणबारे पनि जानकारी गराउने तयारी गर्नुभएको छ । 

यस्तै बैठकले पारमाणविक विधेयक, नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र जीवनाशक विषदी व्यवस्थापन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश हुनेछ भने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूचि रहेको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया