दीपिकाको विवाहपछि यी गायिकासँग विवाह गर्दैछन् उनका पूर्वप्रेमी

 माघ ४, २०७५ शुक्रबार १०:४४:३ | एजेन्सी
unn.prixa.net

वर्ष २०१८ को नोभेम्बरमा अभिनेत्री दीपिका पादुकोणले उनका प्रेमी रणवीर सिंहका साथ विवाह गरिसकेकी छिन् । दीपिकाको विवाह पछि अब भने उनका पूर्वप्रेमीले पनि विवाह गर्न लागिरहेका छन् । दीपिका पादुकोणका पूर्व प्रेमी निहार पाण्डे हुन् । 

बलिउडमा करियर सुरु गर्नु अघि संघर्षरत दीपिका र निहार एकअर्कालाई डेट गरेका थिए । करिब १० वर्षअघि एक्टीङ्ग स्कुलमा दीपिका पादुकोण र निहार पाण्डेको भेट भएको थियो । त्यस पछि लामो समयसम्म प्रेमसम्बन्धमा रहे पनि त्यो सम्बन्ध अगाडि बढ्न सकेन । बलिउडमा दीपिका पादुकोण सफलताको शिखरमा पुग्न सफल भइन् तर निहार पाण्डेले त्यो सफलता हासिल गर्न सकेनन् । 

निहार पाण्डे अहिले अभिनेत्री कंगना रनाउतको फिल्म ‘मणीकर्णिका’ बाट बलिउड डेब्यू गरिरहेका छन् ।  निहारले बलिउडकी चर्चित गायिका नीति मोहनका साथ विवाह गर्न लागेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार निहार र नीतिको विवाह यही फेब्रुअरी महिनामा हुनेछ । 

निहार र नीतिले ४ वष देखि एकअर्कालाई डेट गरिरहेका भए पनि दुबैले आफूहरुबीचको सम्बन्धलाई सार्वजनिक रुपमा कहिल्यै स्विकार गरेनन् । यो जोडीले विवाहको कुरा समेत लुकाउन खोजेका थिए तर उनीहरुको यो योजना सफल हुन सकेन । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया