फ्राइडे रिलिज : आजदेखि ‘गरुड पुराण’ प्रदर्शनमा

 माघ ४, २०७५ शुक्रबार ११:५२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि सुवास कोइरालाले निर्देशन गरेको चलचित्र  ‘गरुड पुराण’ प्रदर्शनमा आएको छ । चलचित्रले सोलो रिलिजको अवसर पाएको छ । 

चलचित्र ‘गरुड पुराण’ सामाजिक तथा कमेडी कथा वस्तुमा निर्माण गरिएको चलचित्र हो । चलचित्रमा कर्मा शाक्य, नाजिर हुसेन, प्रियंकासिंह ठकुरी, कामेश्वर चौरासिया, प्रविन खतिवडा, जान्वी बोहोरा, प्रकाश घिमिरे, रश्मी भट्ट, लुभिना तुलाधरलगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

चलचित्रको कथा कशम नेपालले लेखेका हुन् भने पटकथा आकाश बरालको रहेको छ । चलचित्रमा बिनोद खतिवडा र आकाश बरालको संवाद, कोशिस क्षेत्रीको संगीत, सुसन प्रजापतिको छायांकन, उज्वल ढकालको सम्पादन रहेको छ । अजित फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा अजित प्रजापती र अशोक गौतमको लगानी रहेको छ । 

चलचित्रमा समावेश गीत संगीतका कारण पनि चलचित्र चर्चामा छ । त्यसमा पनि सोलो रिलिजको अवसर पाएका कारण पनि चलचित्रले दर्शकको मन जित्नेमा निर्माण टिम आशावादी देखिएका छन् । 

–उज्यालो र गफगाफ डटकमको सहकार्य 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया