वन कार्यालय आफैँ रुख काट्दै

 माघ ४, २०७५ शुक्रबार १६:३४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम - डिभिजन वन कार्यालय तेह्रथुमले कार्यालय परिसरमा रहेका ५७ वटा रुख आफैले कटान सुरु गरेको छ ।

मन्त्रीपरीषद्को स्वीकृति लिएर कार्यालयले रुख काट्न सुरु गरेको हो । 

हावाहुरीका कारण रुख ढल्ने र केही बुढा भएर ढल्ने अवस्थामा पुगेकाले सुरक्षाका कारण कार्यालय परिसरभित्र हुर्किएका सबै रुख काट्नुपर्ने भएको निमित्त वन अधिकृत श्रीनारायण साहले बताउनुभयो । 

साहका अनुसार हावाहुरीले रुखका हाँगा भाँचेर कार्यालय परिसर वरपर खस्दा सेवाग्राही र कर्मचारीसमेतलाई लाग्ने र  ठूला हाँगा भाँचिदा कार्यालय भवन भत्काउने जोखिम भएकाले रुख काटिएको हो । 

वि.सं.२०७४ वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले डिभिजन वन कार्यालयले माग गरेका रुखको सङ्ख्या पक्का गरी काट्न स्वीकृति दिएको थियो । 

कार्यालय परिसरमा हुर्किएका सल्ला, मसला, चिलाउने, सिरीस आदि जातका रुख काट्नुपर्नेछ । यसरी ९ सय ६८ क्युविक फीट काठ कटान गरी लैजान ठेकेदारलाई स्वीकृति दिएको निमित्त वन अधिकृत साहले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया