शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
थाइल्याण्डमा जारी महिला टी–२० स्म्यासको उपाधिका लागि नेपालले आयाेजक थाइल्याण्डलाई प्रतिद्धन्द्धी पाएको छ ।
शुक्रबार भएको दोस्रो सेमिफाइनलमा यूएईलाई ४९ रनले हराउँदै थाइल्याण्डले फाइनलमा स्थान बनायो । पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा सात विकेट गुमाउँदै ९१ रन बनाएको थियो ।
जवाफमा उसले यूएईलाई १५ ओभर चार बलमा मात्र ४२ रनमा अल आउट गर्यो ।
यसअघि नेपालले इन्डोनेसियालाई ९२ रनले हराउदै फाइनलमा स्थान बनाएको थियाे । समूह चरणमा नेपालले थाइल्याण्डको ए टिमलाई हराएको थियो ।
फाइनल खेल शनिबार हुनेछ ।