राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सच्याउनुपर्ने गगन थापाकाे भनाइ

 माघ ४, २०७५ शुक्रबार १७:३१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले डाक्टर गोविन्द केसीसँग गरिएको सहमति विपरीत संसदीय समितिले पारित गरेको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सच्याउने कि नसच्याउने भनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्नुभएको छ । 

कांग्रेस नेता थापाले संघीय संसद अन्तरगतको प्रतिनिधिसभा बैठकमा दिनुभएको जवाफ स्पष्ट नभएको उल्लेख गर्दै सो विधेयक वरिष्ठ चिकित्सक केसीसँग गरिएको सहमति अनुसार नै संसदीय संसदको ‘फूल हाउस’बाट पारित गराउने कि नगराउने भनी प्रधानमन्त्री ओलीलाई प्रश्न गर्नुभएको हो ।

शुक्रबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो विधेयकलाई वरिष्ठ चिकित्सक केसीसँग गरिएको सहमतिअनुसार सच्याउने हो भने सरकारले संसदको ‘फूल हाउस’मा सो प्रस्ताव प्रस्तुत गर्न पनि माग गर्नुभयो ।

संसदीय विधि र प्रक्रिया अनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक सच्याउन चाहेको हो भने संसदको फूल हाउसमा प्रस्ताव पेश गर्नुपर्ने उहाँको भनाई छ ।

तर प्रधानमन्त्री ओलीले संसदीय सर्वोच्चताको कुरा गरेर के भन्न खोजेको हो (?) भन्ने स्पष्ट नभएको नेता थापाको प्रतिक्रिया छ ।

 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया