‘टेन इयर्स च्यालेन्ज’: प्रयाेगकर्ताकाे तथ्यांक लिने फेसबुककाे बठ्याइँ कि रमाइलाे मात्र ?

 माघ ४, २०७५ शुक्रबार २०:३७:१३ | एजेन्सी
unn.prixa.net

फेसबुक, इन्स्टाग्राम र ट्विटरमा अहिले टेन इयर्स च्यालेन्जका नाममा एउटा प्रतियाेगिता चलिरहेको छ जस अन्तर्गत मानिसहरुले आफ्नाे दश वर्ष पुरानो फोटोलाई अहिलेको फोटोसँग जोडेर शेयर गर्नुपर्ने हुन्छ ।

तर अहिले आएर यो च्यालेन्जलाई प्रयोगकर्ताका तथ्यांक संकलन गर्न सकियोस् र त्यसले अनुहार चिन्नमा मदत पुर्याओस भनेर फेसबुकले सुरु गरेको भन्ने प्रश्न उठिरहेको छ । प्रविधि पत्रकार केट ओ' नीलले वाएर्ड डट कममा एउटा आलेख लेख्दै यो च्यालेन्जको माध्यमबाट व्यक्तिको गोपनीयता भंग हुने शंका व्यक्त गरेका छन् ।

केट ओ' नीलले आफ्नो आलेखमा के लेखेकी छन् ?

केटले सबैभन्दा पहिले १३ जनवरीमा ट्वीट गर्दै लेखेकी थिइन्, ‘दश वर्ष पहिले फेसबुक र इन्स्ट्राग्राममा चलिरहेको यो एजिंग मीमसँग सायद म खेल्थेँ तर अहिले म सोचिरहेकी छु की फेसियल रिकग्निसन (अनुहार पहिचान)को डाटालाई कसरी प्रयोग गर्न सकिन्छ ?’

वायर्ड डट कममा लेखेको आलेखमा केटले भनेकी छिन्, ‘ट्वीटको माध्यमबाट च्यालेन्जलाई खतरनाक भन्ने थिएन, मानिसलाई फेसियल रिकग्निसनको बारेमा थाहा भइसकेपछि यसको बारेमा पनि थाहा होस भन्ने थियो ।’

‘तर कोही आफ्नो प्रोफाइल फोटोमा कार्टून, वर्ड इमेज अथवा अन्य प्रकारका पेन्टिङको प्रोग गर्छन् । यस्तो अवस्थामा उनीहरुको सही डाटा भेटाउन धेरै समस्या हुनेगर्दछ । यसको साथै फेसबुकमा अपलोड गरिएको प्रोफाइल फोटो कुन दिन राखिएकाे थियो भन्ने पनि थाहा हुँदैन । यस्तोमा मेटाडाटाले पनि सही दिन भेट्टाउन सक्दैन, किनकी कतिपयले फोटोको स्क्यान गरेर त्यसैलाई प्रोफाइल फोटो बनाएर अपलोड गर्ने गर्छन् ।’

केटले अगाडि लेखेकी छिन्, ‘फेसबुकको टेन इयर च्यालेन्जमा मानिसहरुले आफ्नो फोटोको साथसाथै वर्ष पनि लेख्ने गरेका छन् । जस्तो ‘मी इन २००८, मी इन् २०१८’ । यस बाहेक कतिपय प्रयोगकर्ताले त आफ्नो स्थान पनि लेखिरहेका छन् । जसले गर्दा एक च्यालेन्जको माध्यमद्वारा मान्छे दश वर्ष पहिले र अहिले कस्तो देखिन्छन् भन्ने ठूलो डाटा तयार भइसकेको छ ।’

उनका अनुसार अनुहार पहिचान गरने सफ्टवयरलाई सहज बनाउन यी डाटाको प्रयोग हुनेछ । 

फेसबुकको भनाइ के छ ?

फेसबुकले भने यस्ता दाबीलाई नकारेकाे छ बरु उसले यसलाई प्रयाेगकरताले नै तयार पारेकाे रमाइलाे सफ्टवयर (मीम) हाे भनिरहेकाे छ । फेसबुकले भनेको छ, ‘ यो हामीले सुरु गरेका हाेइनाैं। मीममा प्रयोग गरिएका फोटोहरु पहिलेदेखि नै फेसबुकमा संग्रहित छन् ।

फेसबुकलाई यो मीमबाट केहीपनि फाइदा छैन । फेसबुक प्रयोगकर्ताले फेसियल रिकग्निसनलाई जुनसुकै बेला पनि आफै खाेल्न वा बन्द गर्न सक्छन् ।’

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया