तनहुँको गौरवको आयोजना पराशर मार्गमा कालोपत्र गर्न शुरु
बैशाख १२, २०८१ बुधबार
कपिलवस्तु – संघीयताको मर्म र भावना अनुरुप केन्द्रको अधिकार प्रदेश तथा स्थानीय तहमा पुर्याउन ढिलाइ भइरहेको संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनु भएको छ ।
संघीय प्रेस फोरमले शुक्रबार तौलिहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै श्रेष्ठले आउँदो हिउँदे अधिवेशनमा बाँकी मुद्धाहरुलाई संविधान संशोधनबाट सम्बोधन गरिने अपेक्षा आफूहरुले राखेको बताउनु भयो ।
संविधान संशोधनको २६ बुँदे मागसहित सरकारमा सहभागी भएको संघीय समाजवादी फोरम अब संविधान संशोधनको दिशामा सरकार अघि नबढे सरकारसँगको सहयात्राबाट पछि हट्ने सहअध्यक्ष श्रेष्ठले बताउनु भयो ।
संविधान संशोधनको २६ बुँदाहरुमध्ये अधिकांश मुद्धाहरु सरकारको नीति तथा कार्यक्रममा संबोधन भइसकेको बताउँदै बाँकी मुद्धाहरु संविधान संशोधनबाट मात्रै संभव रहेको उहाँकाे भनाइ थियाे ।
संघीय प्रेस फोरमका जिल्ला अध्यक्ष दिलीप कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय समाजवादी फोरमका विदेश विभाग प्रमुख अर्जुन थापा, जिल्ला अध्यक्ष शैलेन्द्र यादव, ५ नम्बर प्रदेश सचिव सन्दिपकुमार पाण्डेय लगायतको उपस्थिति रहेको थियो ।