बीपीएलमा सन्दीपकाे टाेली आज रंगपुर राइडर्ससँग खेल्दै

 माघ ५, २०७५ शनिबार ८:५७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली युवा बलर सन्दीप लामिछानेकाे टाेली सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिगमा शनिबार रंगपुर राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ । सिलेटमा हुने यो खेल नपाली समय अनुसार दिउँसो एक बजेबाट सुरु हुनेछ ।

जारी प्रतियोगितामा ६ खेलमा मात्र दुईमा जित निकालेको सिलेटले शनिबार रंगपुरविरुद्ध जित निकाल्ने लक्ष्य राखेको छ । यस प्रतियाेगितामा ६ खेलमध्ये दुई खेलमा विकेटविहीन बनेका सन्दीपले शुक्रबार भएको खेलमा एक विकेट लिएर २७ रन दिएका थिए । शनिबार पनि उनी टिममा पर्ने प्रबल संभावना रहेको छ ।

जारी प्रतियोगितामा कुल चार विकेट लिएका सन्दीपले कोमिल्लाविरुद्ध दुई विकेट लिएका थिए भने भाइकिंग्सविरुद्ध लिन सकेनन् । यस्तै डाइनामाइट्सविरुद्ध पनि विकेटविहीन बनेका सन्दीप अर्को खेलमा ड्रप भएका थिए । त्यसपछि उनले कमब्याक खेलमा रंगपुरविरुद्ध नै एक विकेट लिएका थिए ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया