मृत भेटिएको चितुवालाई गोली लागेको पुष्टी

 माघ ५, २०७५ शनिबार ९:४९:१ | विमल बिष्ट
unn.prixa.net

डोटी – शिखर नगरपालिका १० वन लेकमा चामेको कुण्ड नजिक मृत भेटिएको पाटे चितुवा गोली लागि मृत्यु भएको पुष्टी भएको छ । चितुवा मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र प्रहरीले आवश्यक प्रक्रियाका लागि डिभिजन वन कार्यालय डोटीमा बुझएको थियो ।

डिभिजन वन कार्यालयमा चितुवाको पोष्टमार्टम गर्दा चितुवाको शरीरमा दुईवटा गोली लागेको पाइएको डिभिजन वन कार्यालय डोटीका रेन्जर शुरेश रोकायाले बताउनुभयो । १५ महिना जति उमेरको भाले चितुवा मृत फेला परेको थियो । गोली लागेकै कारण चितुवा मरेको उहाँले जानकारी दिनुभयो ।

चोरी शिकारी गर्ने व्यक्तिहरुले चितुवा मारेको हुन सक्ने भएकाले डिभिजन वन कार्यालय डोटीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रशासन कार्यालय र पशु इकाई कार्यालयको रोहबरमा डिभिजन वन कार्यालयल डोटीको कार्यालय परिषरमा नै चितुवा गाडिएको रेन्जर रोकायाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया