युक्रेन र इजरायललाई ८७ अर्ब डलर सहयोग दिने प्रस्ताव अमेरिकी स...
बैशाख ८, २०८१ शनिबार
सुर्खेत – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सुर्खेतमा दुईवटा गाडीमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले शनिबार बिहान ट्रकमा आगजनी गरेका हुन् ।
उनीहरुले राति १ बजे र ३ बजेको समयमा रत्न राजमार्गको सत्तरीमा ना ६ ख ७३१३ नम्बरको ट्रकमा र कर्णाली राजमार्गको बड्डीचौरमा ना ६ ख १७३२ नम्बरको ट्रकमा आगो लगाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी प्रदीप क्षेत्रीले सत्तरीमा जलाइएको ट्रकको अगाडीको भाग जलेको र बड्डीचारमा आगजनी गरेको ट्रकको क्षतिको विवरण आइनपुगेको जानकारी दिनुभयो ।
पार्टीका भेरी ब्यूरो सदस्य गोविन्द योगी र अनेरास्वयू क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई झुटो मुद्दामा प्रहरीले गिरफ्तार गरेको भन्दै नेकपाले शनिबार बन्दको घोषणा गरेको हो । बन्दका कारण सुर्खेतबाट छुट्ने छोटो तथा लामो दूरीका सवारीहरु चलेका छैनन् ।