दुई महिलामाथि खुकुरी प्रहार‍, त्यसपछि आत्महत्या

 माघ ५, २०७५ शनिबार १३:११:४४ | रासस
unn.prixa.net

झापा – अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या गरेका छन् ।

मृतकलाई शनिबार बिहान छिमेकी महिलाको घर नजिक खोल्सीमा घाँटी सेरिएर मृत्यु भइसकेको अवस्थामा प्रहरीले फेला पारेको थियो । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मृतक पोखरेलले शनिबार बिहान त्यही वडाका २४ वर्षीया जमुना ओझा र १९ वर्षीय बालकुमारी भारतीलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । 

ती महिलालाई खुकुरी प्रहार गरी घाइते बनाएपछि पोखरेलले घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ । घाइते दुबै महिलालाई बीएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आक्रमणमा घाइते भएकी ओझाका पति वैदेशिक रोजगारीका क्रममा दुबई रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया