जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
थाइल्याण्ड वुमन्स टि–२० स्म्याशको उपाधिका लागि अहिले नेपाल आयोजक टोलीसँग खेल्दैछ ।
थाइल्याण्डले नेपालसामू १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । अघिल्ला खेलमा जस्तो दरिलो बलिङ गर्न नसक्दा थाइल्याण्डले २० ओभरमा एक विकेट गुमाउँदै १२१ रन बनायो ।
उसका लागि नाटाकान चान्थमले अविजित ६९ रनको अर्धशतकीय योगदान दिइन् । उनले ६७ बलमा चार चौका प्रहार गरेकी थिइन् । नारुमोल चाइवाई २७ रन जोडेर रनआउट भइन् । त्यसपछि क्रिजमा आएकी चान्डिया सुत्थिरुवाङले ११ बलमा १९ रन बनाएकी थिइन् ।