दाङमा बस दुर्घटना: ३५ जना घाइते, २ जनाकाे अवस्था गम्भीर

 माघ ५, २०७५ शनिबार १७:३५:५४ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा शनिबार अपराह्न भएको यात्रुबाहक बस दुर्घटनामा २५ जना घाइते भएका छन् भने २ घाइतेको अवस्था गम्भीर छ ।

दाङको तुलसीपुरबाट दमारगाउँका लागि छुटेको  रा १ ख ४९४ नम्बरको बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बसमा सवार २५ जनामध्ये दुईजना गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।  गम्भीर घाइते २ जनालाई दाङमा  प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको छ । अन्य घाइतेहरुको राप्ती  अञ्चल अस्पताल तुलसीपुरमा उपचार भईरहेकोछ ।

गम्भीर घाइते तुलसीपुर-६, की आसा विक र तुलसीपुर-११ की गिता मल्ललाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया