श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने सञ्चारमन्त्रीकाे भनाइ

 माघ ५, २०७५ शनिबार २०:४९:१३ | उज्यालो सहकर्मी

भक्तपुर - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रत्येक सञ्चारमाध्यममा श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने बताउनुभएको छ ।

भक्तपुरमा भएको कार्यक्रममा मन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकार र कर्मचारीको न्यूनतम पारिश्रमिक लागू गर्नबाट सरकार कुनै हालतमा पछि नहट्ने बताउनुभयो । उहाँले पूर्वाग्रही नभइ समाचार लेख्न पनि पत्रकारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस काउन्सिल र सूचना विभागबाट हुने सबै कामलाई अब प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया