पीएसजीकाे कीर्तिमानी जित, एम्बाप्पे र काभानीको ह्याट्रिक, नेइमारकाे दुई गाेल

 माघ ६, २०७५ आइतबार ७:३३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फ्रेन्च लिग वनमा पीएसजीले गुइनग्याम्पमाथि ९–० को जित निकालेको छ । नौ दिन अघि फ्रेन्च कपको खेलमा गुइनग्याम्पसँग पीएसजी २–१ ले पराजित भएको थियो । 

पेरिसमा भएको खेलमा पीएसजीको जितमा केलियन एम्बाप्पे र इडिन्सन कभानीले ह्याट्रिक गरे भने नेइमारले दुई गोल गरे ।

एघारौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ३७ औं र ४५ औं मिनेटमा एम्बाप्पेले गोल गरेपछि पीएसजीले पहिलो हाफअघि ३–० को अग्रता लियो ।

तालिकाको पुछारमा रहेको गुइनग्याम्प दोस्रो हाफमा झन् निरिह बन्यो । उसले दोस्रो हाफमा ६ गोल खायो । 

५९ औं मिनेटमा कभानीले गोलको खाता खेले । ६६ औं मिनेटमा कभानीले ब्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीले ५–० को अग्रता लियो । त्यसको दुई मिनेटपछि नेइमारले पनि ब्यक्तिगत दोस्रो गोल पूरा गरे । ७५औं मिनेटमा कभानीले ह्याट्रिक गर्दा पीएसजीले ७–० को अग्रता लियो ।

८०औं मिनेटमा कभानीको पासमा गोल गरेपछि एमबाप्पेले पनि ह्याट्रिक पूरा गरे भने पीएसजीले ८–० को अग्रता लियाे । ८३औं मिनेटमा थोमस मुनिरले गोल गरेर पीएसजीलाई ९–० को जित दिलाए ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया