तेल मिलमा छापा: ताेरीको तेल भेटियो, पेल्ने मेशिन भेटिएन

 माघ ६, २०७५ आइतबार १४:१७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – ललितपुरको सुनाकोठीमा रहेको ओम आयल मिलमा रहेको ८ हजार २ सय ५० लिटर तेलमा शिलबन्दी गरिएको छ । 

मिलमा रहेको त्रिवेणी ब्राण्डका १ र आधा लिटरका गरी २ हजार ९ सय ५० लिटर र किसान ब्राण्डको ५ हजार ३ सय लिटर तोरीको तेल शिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । 

उजुरीका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी बिट चापागाउँको संयुक्त टोलीले छापा मारेको हो ।

अनुगमनका क्रममा तोरीको तेल र प्याकिङ्ग गर्ने मेशिन भेटिएको तर तोरी पेल्ने मिल नपाइएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताउनुभयो । 

भाँडोमा पकाउँदै गरेको २० लिटर अखाद्य रङ तथा आयल ग्रीन नामको धुलो रङ बरामद भएको र थप अनुसन्धानका लागि तेलका नमूना तथा रङ्गका नमूना संकलन गरिएको बताइएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया