आईसीयूबाट बेडमा सारियाे डाक्टर केसीलाई : अवस्था सामान्य

 माघ ६, २०७५ आइतबार १७:५०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक कक्षमा उपचाररत डाक्टर गोविन्द केसीलाई वार्डमा सारिएको छ । 

केसीले आईसीयू बेडको अभावमा बिरामीलाई उपचारमा समस्या नहोस् भनेर सार्न आग्रह गरेपछि साधारण वार्डमा सारिएको हो । यस्तै १२ दिनदेखि अनसनरत

डाक्टर केसीको स्वास्थ्य सुधारोन्मुख रहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । 

सरकारले १५ औं चरणको अनसनका क्रममा गरेको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै डाक्टर केसीले गएको २५ गते इलामबाट १६ औं चरणको अनसन थाल्नु भएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उहाँलाई गएकाे शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया