म्यानचेस्टर सिटीले शीर्ष स्थानको लिभरपुलसँग अंक दूरी घटायो

 माघ ७, २०७५ सोमबार ६:३९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शीर्ष स्थानको लिभरपुलसँगको अंक दूरी ४ मा झारेको छ । 

आइतबार राति भएको खेलमा हडल्सफिल्डलाई ३–० गोल अन्तरले पराजित गर्दै सिटीले २३ खेलबाट ५६ अंक पुर्‍याएकाे हो । शीर्ष स्थानको लिभरपुलको समान खेलबाट ६० अंक रहेको छ । हडल्सफिल्डविरुद्धको खेलमा सिटीका लागि डानिलो सिल्भा, रहिम स्र्टलिङ र लोरियो सानेले एक–एक गोल गरेका थिए ।

१८ औं मिनेटमा केइल वाल्करको पासमा सिल्भाले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेको  सिटीले दोस्रो हाफमा २ गोल थपेको थियो । ५४ औं मिनेटमा स्टर्लिङले गोल गर्दै अग्रता दोब्बर पारे । स्टर्लिङलाई  गोल गर्ने अवसर भने लोरियो सानेले दिलाएका थिए ।

२–० को अग्रता लिएको २ मिनेट पछि सानेले गोल थप्दै सिटीलाई ३–० को अवस्थामा पुर्‍याएका थिए । त्यसपछि बाँकी समयमा थप गोल नभएपछि सिटी ३–० ले विजयी हुन सफल भयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया