सेरेना विलियम्स अष्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा

 माघ ७, २०७५ सोमबार १७:५६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनमा प्रवेश गरेकी छिन् ।

साेमबार भएको प्रिक्वार्टरफाइनलको खेलमा सेरेनाले सिमोना हलेपलाई पाखा लगाउँदै अन्तिम आठमा स्थान बनाएकी हुुन् । मेलबर्न पार्कमा भएको खेलमा सेरेनाले हलेपलाई दुई एकको सेटमा हराइन् ।

सिमाेना हलेप

२४ औं ग्राण्डस्लामको उपाधि जित्ने लक्ष्यमा रहेकी सेरेनाले सिमोलाई ६–१, ४–६ र ६–४ को सेटमा हराइन् । अब सेमिफाइनलमा सेरेनाले कारोलिना पिल्सकोभासँग खेल्नेछिन् ।

सेरेना विलियम्स

अर्को क्वार्टरफाइनलमा नाओमी ओसाकाले इलिना भिटोलीनासँग प्रतिस्पर्धा गर्नेछिन् भने पेट्रा केभिटोभाले एस्लेइग बार्टेसँग खेल्नेछिन् । चौथो क्वार्टरफाइनल खेल डानीली कोलिन्स र एनास्टासियाबीच हुनेछ ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया