इटालियन सिरिए : एसी मिलानले जिनोआलाई हरायो

 माघ ८, २०७५ मंगलबार ६:४४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

इटालियन सिरिएमा एसी मिलानले जिनोआलाई हराएको छ । जिनोआको मैदानमा भएको खेलमा मिलानले घरेलु टिमलाई २–० ले हरायो । जितसँगै मिलान सातौंबाट चौथो स्थानमा उक्लिएको छ ।

मिलानको जितमा फावियो बोरिनी र सुसोले गोल गरेका थिए । पहिलो हाफमा गोल हुन नसके पनि ७२ औं मिनेटमा बोरिनीले गोल गर्दै मिलानलाई अग्रता दिलाए । ८३ औं मिनेटमा सुसोले गोल गरेपछि मिलानले २–० को जित हात पार्‍याे ।

मिलानले ३४ अंक बनाएको छ । जिनोआ भने २० अंकसहित १४ औं स्थानमा छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया