बच्चा नजन्माएको आरोपमा जिउँदै चितामा राखेर जलाउने प्रयास

 माघ ८, २०७५ मंगलबार ८:४१:६ | एजेन्सी
unn.prixa.net

भारतको बिहारमा बच्चा नजन्माएको भन्दै एक महिलालाई जिउँदै जलाउने प्रयास गरिएको छ ।

यो घटना बिहारको भोजपुर जिल्लाको सारीपुर गाउँको हो । स्थानीय पत्रिका प्रभात खबरमा उल्लेख भएअनुसार स्थानीय सोन नदीको किनारमा एक महिलामाथि कुटपीट गरी जिउँदै चितामा राखेर जलाउने प्रयास गरिएको थियो । 

स्थानीय एक व्यक्तिको सूचनाका आधारमा ठिक समयमा प्रहरीले ती महिलाको उद्धार गरेको थियो । महिलाका दाई गणेश ठाकुरका अनुसार बच्चा नजन्माएको आरोपमा पटक पटक उनकी दिदीमाथि कुटपीट हुँदै आइरहेको थियो । 

कुटपीटपछि महिला बेहोस भएकी थिइन् । त्यसपछि उनलाई चितामा राखेर जलाउने प्रयास गरिएको थियो । पीडित महिलाको सन्देश रेफरल अस्पतालमा उपचार भैरहेको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया