गुडिरहेको ट्रकमाथि ढुङ्गा खस्दा चालकको ज्यान गयो ।

 माघ ८, २०७५ मंगलबार १५:४६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

स्याङजा – सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङजाको वालिङ नगरपालिका—१३ गाहाखोलामा गुडिरहेको ट्रकमा सडक माथिबाट ढुङ्गा खस्दा चालकको ज्यान गएको छ । 

स्याङजावाट बुटवलको लागि छुटेको ग १ क ३७७२ नम्बरको मिनि ट्रकमा पहाडबाट अचानक खसेको ढुङ्गा लागेर पुतलीबजार नगरपालिका–३, का २८ वर्षीय प्रेम शर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रकाश विष्टले जानकारी दिनुभयो । 

ट्रकका सहचालक राजन विकका अनुसार आफूलाई ढुङ्गा लागिसकेपछि चालकले गाडीलाई सडकको कुनातर्फ मोडेका थिए । ढुङ्गाले ट्रकलाई छेडेर चालकको टाउकोमा लागेको विकले बताउनुभयो ।

ढुङ्गा लागेर गम्भीर घाइते भएका शर्मालाई प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइपु््र्याएको केहीबेरमा नै चिकित्सकले मृत घोषणा गरेका थिए । 
ट्रकमा रहेका अन्य दुईजना भने सकुशल रहेका छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया