ब्याटिङमा सुधार गर्नसके यूएईविरुद्ध सिरिज जित्न सकिन्छ: कप्तान पारस खड्का

 माघ ८, २०७५ मंगलबार १६:४८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले यूएईविरुद्धको सिरिजमा ब्याटिङमा सुधार गर्नसके सिरिज जित्न सकिने प्रष्ट पारेका छन् ।

आईसीसीबाट ४ वर्षका लागि एक दिवसीय मान्यता पाएपछि दोस्रो सिरिज खेल्न जान लागेको नेपाली टिमको बिदाइ समरोहमा कप्तान खड्काले भने, ‘अहिले घरेलु प्रतियोगिता लगातार खेलेकाले अभ्यास पनि राम्रो भएको  छ ।’ विगतमा बलिङ र ब्याटिङमा समस्या देखिए पनि बलिङको समाधान भएकाले ब्याटिङमा भने सुधारको आवश्यकता रहेको प्रष्ट पारे ।

यूएईविरुद्धको ३ वटा एक दिवसीय र ३ वटा टी–२० खेल्न जान लागेको टिमलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव केशव कुमार विष्टले बिदाइ गर्नुभएकाे छ । पारस खड्काको कप्तानीमा रहेको नेपाली टिममा ज्ञानेन्द्र मल्ल (उपकप्तान), सन्दीप लामिछाने, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी र विनोद भण्डारी छन् ।

त्यस्तै भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोरा  पनि टिममा रहेका छन् । भीम, अविनाश, पवन र सन्दिपले सिनियर राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका हुन ।  

नेपालले यूएईसँग पहिले एक दिवसीय सिरिज खेलेपछि मात्र टी–ट्वेन्टी सिरिज खेल्नेछ । नेपालले यही माघ ११, १२ र १४ गते एक दिवसीय खेल खेल्नेछ । त्यसपछि माघ १७, १८ र २० गते टी–ट्वान्टी सिरिज खेल्नेछ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया