अत्तरियामा शनिबार भएकाे युवक हत्याका थप तीन आराेपित पक्राउ

 माघ ८, २०७५ मंगलबार १८:३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - अत्तरियामा महोत्सव हेरेर फर्किने क्रममा एकजनाकाे ज्यान जाने गरी आक्रमण गर्नेमध्ये थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै गोदावरी-१ का २० वर्षीय अरुण भट्टलाई खुकुरी प्रहारी गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा गोदावरी–२ का १९ वर्षीय राजु कठायत, त्यसै ठाउँका १९ वर्षीय बिरेन्द्र शाह र २० वर्षीय प्रमेश मगरलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले कठायत र मगरलाई धनगढीबाट र शाहलाई गोदावरीबाट पक्राउ गरेको हो । मृतक भट्टलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले उनिहरुलाइ पक्राउ गरेको बताएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया