प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
तालिबान आतंककारीहरुले अफगानिस्तानको वार्दक प्रान्तको काबुल नजिकै रहेको एक गुप्तचर क्याम्पमा साेमबार हमला गर्दा दर्जनौं मानिसहरु मारिएका छन् । मारिएका हरुको सङ्ख्या ४३ पुगेको र सयौंको सङ्ख्यामा मानिसहरु घाइते भएका राष्ट्रिय सुरक्षा निर्देशनालय (एनडीएस) का अधिकारीहरुले बताएका छन् ।
सोमबार कतारमा हुनगइरहेको तालिबान र अमेरिकी कुुटनीतिज्ञबीचको शान्तिवार्ता सुरु हुनुभन्दा करिब एक घण्टा अगाडि तालिबानले एनडीएसमा आक्रमण गरेका थिए ।
यो आक्रमणलाई भयानक आक्रमणमध्येकै मानिएको छ । रिपोर्टका अनुसार काबुलबाट १९ माइल दक्षिण पश्चिममा रहेको मैदान सहर भन्ने ठाउँमा वार्दक प्रान्तका मिलिसिया सैनिकहरुको तालिम केन्द्र रहेको छ ।
समाचारका अनुसार एनडीएसमा हमला गर्नुअघि आतंककारीहरुले कारमा राखिएको विस्फोटक पदार्थ पड्काएर उनीहरुलाई तर्साएका थिए र हतियारधारीहरुले गाेली चलाउन सुरु गरेका थिए ।
उनीहरुको दोस्रो कार बम विस्फोट गर्ने प्रयासलाई भने अफगान सुरक्षा सैनिकले निष्कृय पारेको थियो । त्यहाँभित्र तीनजना आत्मघाती पनि मरेको हुनसक्ने एनडीएसले बताएको छ ।
तालिबानले सोमबार आक्रमण गरेको अफगानको विशेष सुरक्षा निकाएमा हमलाबाट एकसय भन्दा बढी शैनिक मारिएको बताएको थियो ।
तर अधिकारीहरुका अनुसार सुरुमा २० जनाको ज्यान गएको भनिए पनि भर्खरैको रिपोर्ट अनुसार भत्केका भग्नावशेषाबाट ७० भन्दा बढी मानिसहरुलाई बाहिर निकालिएको बताइएको छ । बम विष्फाेटका कारण घरका छतहरु पनि भत्केकाले त्यसबाट पनि मानिसहरु घाइते भएको हुनसक्ने बताइएको छ ।