गोंगबुमा गाेली चल्याे, एक जना घाइते

 माघ ८, २०७५ मंगलबार १८:२५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाण्डौको गोंगबुमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । 

हतियार कारोबारी भएको आशंकामा पक्राउ गर्न गएको प्रहरीमाथि नै आक्रमण हुन थालेपछि प्रहरीले गोली प्रहार गरेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।  
हतियार बोकेको भन्ने विशेष सूचनाको आधारमा गोंगबुको एक गेष्टहाउमा बसेका काभ्रे घर भएका अभिलाश तामाङलाई पक्राउ गर्न जाँदा गोली चलेको हो । 

प्रहरीले चलाएको गोली तामाङको खुट्टामा लागेको छ । तामाङलाई पक्राउ गर्न हनुमानढोकाबाट प्रहरीको टोली खटिएको थियो । 
गोली प्रहार गरेर तामाङलाई पक्राउ गर्न सफल भएको हो । तामाङको साथबाट ६ राउण्ड गोलीसहित लोडेड पेस्तोल बरामद भएको र घाइते तामाङको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया