करिडोर निर्माणमा जनप्रतिनिधिदेखि प्रशासनसम्मको मिलेमताे: थापा

 माघ ८, २०७५ मंगलबार २०:१७:३४ | उज्यालो सहकर्मी

भक्तपुर – नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले भक्तपुरको हनुमन्ते खोला फर्काउने नाममा भूमाफियाले स्थानीय जग्गा धनीलाई त्रसित बनाउने काम गरेको भन्दै विरोध जनाएको छ । 

समितिले भक्तपुर जिल्ला पार्टी कार्यालयमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख केदार खड्काले हनुमन्ते करिडोर निर्माणका नाममा कहिले खोला फर्काउने त कहिले खोलाको सिमांकन गर्ने भन्दै जग्गा धनीलाई त्रसित बनाउने काम गरेको आरोप लगाउनुभयो ।

पार्टी सभापति दूर्लभ थापाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दै हनुमन्ते करिडोर निर्माणका नाममा भूमाफियाहरुले पार्टी सभापतिको नाम समेत जोडेर प्रचार गरेको भन्दै आपत्ति जनाएको छ । 

हनुमन्तेबाट जनप्रतिनिधिले करोडौ अपचलन गरेको आफूसँग प्रमाण भएको दावी गर्दै हनुमन्तेमा भूमाफियालाई प्रशासनको समेत साथ रहेको कांग्रेस सभापति थापाले आरोप लगाउनुभयो । 

त्यस्तै हनुमन्ते नदी र अरनिको राजमार्ग सरसफाइमा राजनीतिक आवरण जोडेर प्रचार गरेको आरोप लगाउँदै विज्ञप्तिमार्फत सभापति थापाले त्यस्ता कार्यमा आफ्नो साथ र समर्थन नरहने बताउनुभयो ।

नेपाली कांग्रेसले जिल्लाका चारवटै नगरपालिकाले दलहरुसँग सुझाव नलिइ एकलौटी ढंगले विभिन्न सेवामा कर एवं राजस्वको दायरा वृद्धि गरेको भन्दै तत्काल घटाउन माग गरेको छ । 
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया