आज पनि देशका धेरै ठाउँमा पानी पर्ने
चैत १६, २०८० शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राजनितिक परिवर्तनबाट परिपक्व भैसकेकोले ढुक्क भएर लगानी गर्न विश्व समुदायसामु आग्रह गर्नुभएको छ ।
स्विजरल्याण्डको डाभोसमा भैरहेको विश्व आर्थिक परिषद्को बैठकको दक्षिण एसियाको रणनितिक दृष्टीकोण विषयक छलफलमा प्रधानमन्त्री ओलीले नेपालले आर्थिक र राजनितिक हिसावले अर्को चरणमा प्रवेश गरेको बताउनुभयो ।
उहाँले नेपालले बनाएको संघीय प्रणालीको संविधानले सुशासनसहितको विकास र सुखी नेपाली समृद्ध नेपालको कल्पना गरेकाले त्यसै अनुसारको काम भैरहेको बताउनुभयो । नेपालमा धेरै युवा जनशक्ति भएपनि देशमा आर्थिक विकासका गतिविधि कम हुँदा त्यसको सदुपयोग हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले विदेशी लगानीको खाँचो भएको बताउनुभयो ।