अष्ट्रेलियाविरुद्ध सिरिज जितेपछि भारतीय खेलाडी छनोट समितिका सदस्यहरुलाई पनि सम्मान गरिने

 माघ ८, २०७५ मंगलबार २०:७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियाविरुद्ध ऐतिहासिक टेस्ट तथा एक दिवसीय क्रिकेट सिरिज जितेपछि भारतीय खेलाडी छनोंट समितिका सदस्यहरुलाई पनि नगदसहित सम्मान गरिने भएको छ ।

भारतले अष्ट्रेलियाली भूमिमा पहिलो टेस्ट सिरिज जितेपछि खेलाडी छनोंट समितिका सदस्यहरुलाई नगद २० लाखका दरले पुरस्कृत गर्ने घोषणा गरेको हो । विराट कोहलीको कप्तानीमा रहको भारतीय क्रिकेट टिमले चार टेस्ट क्रिकेटको श्रृंखला २–१ ले जितेको थियो ।

यसैगरी एक दिवसीय सिरिज पनि भारतले २–१ ले नै आफ्नो पक्षमा पार्न सफल भएको थियो । बीसीसीआईका अनुसार पाँच सदस्यीय खेलाडी छनोंट समितिका सदस्यहरुलाई २० लाख रुपैयाँ दिइने छ ।

खेलाडी छनोंट समितिका अध्यक्ष एमएसके प्रसाद, देवांग गान्धी, जतिन परांजे, गगन खोडा र सन्दीप सिंहले बीस-बीस लाख रुपैयाँ पाउने छन् । बीसीसीआईका सीईओ विनोद रायले खेलाडी छनोंट समितिको प्रशंसा गर्दै अष्ट्रेलियामा टिम इन्डियाको प्रदशने गौरवान्वित बनाएको बताए ।

उनले  यसअघि  क्रिकेटर र सहयोगी स्टाफलाई मात्र पुरस्कार दिने घोषणा गरिएकोमा अब छनोंट समितिका सदस्यहरुलाई पनि नगदसहित सम्मान गर्ने बताए । अष्ट्रेलिया सिरिज जितेका भारतीय खेलाडीलाई जनही ६० लाख र प्रशिक्षक टोलीलाई जनही २५ लाख दिने घोषणा गरिएको थियो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया