घुस लिँदै गर्दा जिल्ला मालपोत कार्यालय बाँकेका कर्मचारी पक्राउ

 माघ ९, २०७५ बुधबार ७:३१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – सेवाग्राहीबाट घुस लिँदै गर्दा जिल्ला मालपोत कार्यालय बाँकेका खरिदार सञ्जय ठाकुर मंगलबार पक्राउ  परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले कार्यालयबाटै ५० हजार घुुस लिँदै गर्दा खरिदार  ठाकुरलाई पक्राउ गरेको हो ।

जग्गा राजीनामा लिखतका लागि ठाकुरले घुस माग गरेको अख्तियारका सूचना अधिकारी निरञ्जन शर्माले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया